करेन्ट लागेर गम्भीर घाइते भएकी रोक्काको आर्थिक आभावका कारण उपचारमा समस्या

शर्मिला गुरुङ

जेठ १५, पोखरा  : करेन्ट लागेर थला परेकी म्याग्दीकी दुर्गा देवी रोक्का मगर अहिले उपचारका लाागि मणिपाल शिक्षण अस्पतालमा छिन् । बच्चा लिन विद्यालय तर्फ जाने क्रममा बाटोमा विजुलीको तार खसेर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी हुन्।

उनलाई करेन्ट लागेपछि करिब दुई साता देखि मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेक छन् । उनको दुबै खुट्टा काम नलाग्ने भएको उपचारमा संलग्न डा. प्रदीप घिमिरे जानकारी गराए । उपचारका क्रममा सबै खर्च सकिएको उपचारमा सघाईरहेका उनका भाई भरत बहादुर रानाले बताए । रोक्काका श्रीमान् अर्कै श्रीमती लिएर बसेको र उपचारमा नसघाएको आफन्तले बताएका छन् ।

उनको खुट्टाको प्लाष्टिक सर्जरी गर्नुपर्ने भएकाले आर्थिक समस्याका कारण उपचारमा समस्या भईरहेको आफन्तले बताए । आफन्तबाट आउने अलि–अलि सहयोग पनि सकियो, उपचारमै धौ–धौ भएको छ’, उनको भाई भरत बहादुर रानाले भने । ‘डाक्टरले खुट्टा नै काटेर फाल्नुपर्छ नत्र अर्काे खट्टा नि बिगार्छ रे, उपचारमा भएजति खर्च सकियो, सहयोगी मन भए सजिलो हुने थियो’, उनको भनाई थियो ।
आफन्त तथा परिवारजनले उनको जीवन रक्षाका निम्ति सहयोगको याचना गरेका छन् । सहयोगका लागि ९८०५१३९९३९ मा सम्पर्क गर्न सकिने छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू