कर्णाली नदीमा बेपत्ता जीप फेला, हराइरहेका दम्पती अझै सम्पर्कविहीन

admin

डाेटी, १६ साउन:  कर्णाली नदीमा बेपत्ता भएको जीप फेला परेको छ । तर जीपमा रहेका प्रकाश जोशी र रुवी जोशीको अवस्था भने अझै थाहा हुन नसकेको प्र हरीले जनाएको छ ।

हिजो कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा बा ११ च ९३८ नम्बरको जीप खसेको थियो ।

जीप टुक्राटुक्रा भएको अवस्थामा फेला परेकाले निकाल्ने क्रम चलिरहेको छ । आज पनि बिहानैदेखि नेपाली सेना र नेपाल प्र हरीको टोलीले फेरि जोशी दम्पतीको खोजीको काम गरिरहेको छ ।

दु र्घट नामा परेर घा इते भएका जोशी दम्पतीका तीन छोराछोरी १३ वर्षकी लक्ष्मी, ४ वर्षकी सावित्री र ३ वर्षका भुुवनको नेपालगञ्जमा उपचार भइरहेको छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया