कस्तो अचम्म ! जिउँदो छु भन्दाभन्दै पोष्टमार्टम गर्न लगियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। एक बच्चाको न्यायको लागि इलाका प्रहरी कार्यालय अगाडी कार्तिक १० गते शुक्रबारको दिन आन्दोलन भइरहेको देखेर मणि नेपाली पनि त्यतै तिर लागे। उनलाई के थाहा र त्यो आन्दोलनमा उनको यमराज पनि थियो भनेर। साथीको लहैलहैमा लागेर उनी आन्दोलनकर्तासँग मिसिए। भइरहेको आन्दोलनमा सामेल मणि नेपालीले पनि एक दुई ढुंगा टिपेर प्रहरीलाई ताकेर हानी हाले। प्रतिकारमा प्रहरीले पनि गोली हान्यो। उनलाई पेटमा लागेको गोलीले करंग नै छेड्यो।

बन्दकर्ताले उनीहरु भए समक्ष लैजान लाग्दा प्रहरीले उतै तर्फ घिसारेको सम्म उनलाई याद छ। उनी गोलि लागिसकेपछि पनि होसमा नै थिए। प्रहरीले तानेको, मुखमा बुटले हानेको सम्म उनलाई याद छ। उनलाई घिसार्दै लागे पछि प्रहरीले उनलाई बाटोमा समेत कुटेको उनको भनाई रहेको छ।

उनलाई प्रहरीले मर्यो भनेर अरु शबसँगै पोस्टमार्टम गर्न लग्यो। उनले म मरेको छैन जिउदै छु भन्दा पनि प्रहरीले केहि वास्ता नगरेको उनको गुनासो छ। उनलाई पोस्टमार्टम गर्न लग्दा अरु कोहीको शबले थिच्यो। थिच्नासाथ उनले मलाई गार्हो भयो शब निकल्दिनु भन्दा पनि प्रहरीले वास्ता नगरेको उनी बताउछन्।

पोस्टमार्टम गर्नै लाग्दा डाक्टरले जिउदै भएकोले नाम थर सोध्यो। कुराकानी कै क्रममा उनले डाक्टरलाई आफ्नो घरमा फोन गर्दिन आग्रह गर्दै उनको खल्तीमा भएको फोन दिए। प्रहरीले फोन पनि जफत गरेर घरमा खबर नगरिदिएको उनको भनाई छ।

उनलाई आइसीयुमा अप्रेसनको लागि राखियो। अप्रेसन गर्ने भने पछि भने उनी बेहोस भए। त्यसपछि उनी एकै चोटी २४ घण्टा पछि होसमा आए। उपचारको क्रममा उनी निउरो अस्पतालमा पनि बसे। उनको पेटमा अप्रेसन गरेर तिघ्राको मासु हालिएको छ। अब छिट्टै तिघ्राको मासु निकाल्न जानु पर्ने उनले बताए।

गोलि लागेको घटना देखि अहिले सम्म पनि उनको एउटा हात चल्दैन। अरु सामान्य व्यक्ति जस्तै उनी हिडडुल गर्न भने मज्जाले सक्छन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू