कस्तो निर्दयी छोरा जसले आफ्नै वृद्ध आमालाई जबर्जस्ती देखि कुटपिट समेत् गरे

मनिषा थापा

पिएनपिखबर : केहि दिन अघि बेसाहारा बनेकी ६५ वर्षिया वृद्धालाई आशिर्वाद वृद्धाआश्रमले उद्दार गरेको छ। उक्त वृद्धा आफ्नै छोराबाट अनेकौ यातना सहेर बस्दै आएकी थिइन्। उनका दुई छोरा मध्य कान्छा छोरा विदेशमा छन् भने उनी जेठो छोरासँग बस्दै आएकी थिइन्। उनै जेठो छोराले जबर्जस्ति गर्ने प्रयास गर्ने देखि कुटपिट पनि गर्ने गरेको पिएनपिखबरसँगको कुराकानीमा उनले बताइन।

४० वर्षीय जेठा छोरा बिहान ज्यामी काम गर्ने र रातमा कुटपिट गर्ने गरेको दुखेसो पोखिन। उनले भनिन्, ‘लातले हान्ने, कपाल भुत्लाउने, थुक्ने, रक्सिले मात्तिएर आएर दुर्व्यहार गर्ने प्रयास पनि गर्यो छोराले।’ घर पुर्व रहेकी उनी विगत ५ वर्ष देखि काठमाडौँ, सितापाइलामा बस्दै आएकी हुन्। उनको छिमेकीहरुकै अनुरोधमा आश्रमले उनलाई सितापाइलाबाट उद्दार गरेको हो। उनी अब कान्छो छोरा नआई घर नफर्कने बताउछिन।

उनका जेठो छोरा ६ वर्षको हुँदा पहिलो श्रीमान खसे। त्यसपछि उनले अर्को विवाह गरिन र एक छोरा र छोरी जन्मिए। उनको कान्छा श्रीमानको पनि मृत्यु भएपछि जेठो छोरासँगै बस्दै आएकी थिइन्। उनको कान्छा छोरा वा छोरी पाल्छु भनेर आएको खण्डमा उनलाई घर पठाउने हिमालय वृद्धाआश्रमकी सचिब रिमा सापकोटा बताउछिन। उनले नै आशिर्वाद वृद्धाश्रमसँग सहकार्य गरेर उद्दार गरेकी हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया