कांग्रेस नेता पौडेलमाथि भएको प्र’हरी दमन विरुद्ध सिन्धुपाल्चोकमा राँ’के जुलुस प्रदर्शन

admin

बाह्रबिसे, मंसिर १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसेमा प्र’दर्शन भएको छ । पौडेललाई प्र’हरीले गरेको दमन वि’रुद्ध नेपाली कांग्रेस र यसका भातृसंस्थाले बिहीबार साँझ बाह्बिसेमा राँ’के जुलु’स गरेका हुन् ।

नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक र काँग्रेस क्षेत्र नम्बर १ ले बाह्रबिसेमा राँ’के जु’लुस निकालेको नेविसंघका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो । राँ’के जुलुसमा प्र’हरी हस्तक्षे’प समेत भएको उहाँले बताउनुभयो ।

‘हामी राँ’को लिएर प्र’दर्शन गर्दै थियौं उपाध्यक्ष श्रेष्ठले भन्नुभयोे, प्र’हरीहरु आएर राँ’को खोसेर फ्याकिदिए ।’ राँको फ्याकेपनि अन्य अप्रिय घट’ना नभएको उहाँले जानकारी दिनुभयो । राँके जुलुसपश्चात बाह्रबिसे बजारमा कोण सभा भएको थियो ।

कोण सभालाई क्षेत्रीय उपसभापति राम कुमार लामा, स्थानीय कांग्रेस युवा नेता युधिर पौडेल, विद्यार्थी नेता हेमन्त श्रेष्ठ, तरुण नेता निरन्जन लामालगायतले सम्बोधन गरेका छन् । कोण सभालाई सम्बोधन गर्दै युवा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले रामचन्द्र पौडेलसँग माफी माग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बुधबार तनहुँमा भएको घ’टना सत्ता र शक्तिको दम्भमा भएको हो, सत्ताको नेतृत्व केपी शर्मा ओलीले गरेका कारण उनले माफी माग्नुपर्छ ।’ बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई नेकपा कार्यकर्ताले अवरोध गरेका थिए ।

झ’डपको स्थिति आउने भन्दै प्र’हरीले पौडेललाई अमर्यादित ढंगले नियन्त्रणमा लिएको थियो । त्यसको वि’रोधमा बिहीबार देशभर विभिन्न प्रदर्शन भैरहेका छन् ।

प्रतिक्रिया