काजिश र पुजनको बवाल डान्समा “हाँसेर बोलिदेउ“ गीतको भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २२ माघ : पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका भिडियो निर्देशक काजिश श्रेष्ठ र पुजनको अभिनयमा डान्सिङ गीतको भिडियो बजारमा आएको छ । लोकेन्द्र शाही र सरिता जिसीको आवाजमा रहेको गीत “हाँसेर बोलिदेउ“ बोलको गीतको भिडियो सहित बजारमा आएको हो ।

युवा युवती विचको प्रेमको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा रमेश नेपालीको शब्द तथा लय सिर्जना रहेको छ । आफनी मायालुलाई जिवन भर हाँसेर बोल्न गायक लोकेन्द्रले आग्रह गरेका छन । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको छ ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया