काठमाडौंका ७ सहित थप ११६ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ३१ असार : बुधबार नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित मध्ये काठमाडौंका ७ सहित थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने कूल संक्रमितको संख्या १७ हजार १७७ रहेको छ ।

यसैगरी बितेको २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कूल संख्या ११ हजार २५ पुगेको छ ।

यस्तै, हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ । कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया