काठमाडौंमा भयानक हुरीबतास, जनजीवन प्रभावित

admin

काठमाडौँ : राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो ।

हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् ।

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।

प्रतिक्रिया