काठमाडौंमा हिजोभन्दा आज चिसो

admin

काठमाडौं, २४ पुस : देशको तराईका भू-भागमा चिसोका कारण कुहिरो लागेको छ । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् ।

सुदूरपश्चिम र प्रदेश १ मा शुक्रबार दिनभर बादल लाग्ने छ । रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताइन् ।

यसैबीच काठमाडौं उपत्यकामा बिहीबारभन्दा शुक्रबार चिसो बढेको छ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद् बासीले बताइन् ।

प्रतिक्रिया