काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. थापा नियुक्त

admin

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त हुनुभएको छ । थापालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

 थापा काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुनुहुन्छ । शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो ।

 यी तीनमध्येबाट थापालाई उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई वर्ष कार्यकाल पूरा गरेर उपकुलपति माकाजु यही फागुन १० गते बिदा हुँदैहुनुहुन्छ । केयूको उपकुलपतिका लागि ४० भन्दा बढी व्यक्तिहरुले आवेदन दिएका थिए ।

प्रतिक्रिया