काठमाण्डौ र भक्तपुरमा भएका दु’र्घटनामा दुई जनाको ज्या’न गयो

admin

काठमाण्डौ : काठमाण्डौ र भक्तपुरमा भएका दु’र्घ’टनामा दुई जनाको ज्या’न गएको छ । तीन जना घा’इते भएका छन् । गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्या’न गएको छ ।

राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठ’क्कर दिँदा घा’इते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्या’न गएको प्र’हरीले जनाएको छ ।

बसको ठ’क्करबाट घा’इते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ । दुर्घटनापछि फ’रार भएका चालकको खोजी भैरहेको प्र’हरीले जानकारी दिएको छ

। यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्या’न गएको छ ।

हिजो बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घा’इते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्या’न गएको प्र’हरीले जनाएको छ ।

यो मोटरसाइकल दु’र्घ’टना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घा’इते भएका इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराजको डाक्टर इबामुरा अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया