काभ्रेका आज २९ जनामा कोरोना संक्रमण पुष्टी, दुई जनाको ज्या’न गयो

admin

काभ्रे : काभ्रेमा आज कोरोना भाईरसका संक्रमित मध्ये निको हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै रहेको छ । आज २० जना उपचार पछि निको भएर डिस्चार्ज हुदा २९ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिने संक्रमितहरु बनेपा नगरपालिकाबाट ३ महिला र ११ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला र २ पुरुष छन् । यस्तै पनौती नगरपालिकाबाट ३ पुरुष र २ महिला ,नमोबुद्ध नगरपालिका बाट २ महिला र ४ पुरुष र पाँचखाल नगरपालिकाका १ महिलामा भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

योसंगै जिल्लमा संक्रमितको संख्या एक हजार पाँच सय ६२ पुगेको छ भने संक्रमित मध्ये एक हजार ९८ जना भाईरस मुक्त भएका छन् । अझै जिल्लामा ४४५ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये होम आईसोलेसनमा ३५३ जना र अस्पताल आईसोलेसनमा ९२ जना उपचाररत छन् ।

यसैबिच जिल्लामा भईरसका कारण थप दुई जनाको ज्या’न गएको छ । धुलिखेल नगरपालिकाका ७० वर्षीय महिला र ५५ वर्षका पुरुषको भाईरसका कारण ज्या’न गएको बताईएको छ । यो संगै जिल्लामा ३० जनाको ज्या’न गएको छ । ज्या’न जानेहरुमा १९ जना जिल्लाकै हुन् भने ११ जना अन्य जिल्लाका रहेको डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया