कांग्रेसले आज छान्न सकेन उपनिर्वाचनका उम्मेदार

admin

काठमाडौँ । नेपाल कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय बुधबार गर्ने भएको छ ।

आज उम्मेदवार तय गर्न बोलाएको बैठकमा केहि शिर्ष नेताहरु अनुपस्थित भएपछि बुधबार फेरी बैठक बस्ने भएको हो ।

आजको बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरु बैठकमा सहभागी भएका थिएनन् । सभापति देउवासँग उम्मेदवार चयनका विषयमा असहमतिका कारण उनी अनुपस्थित भएको बताइएको छ ।

इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा अन्य दलले उम्मेदवार छानेर प्रचार शुरु गरेपनि कांग्रेसले भने अझै उम्मेदवार छानेको छैन ।

 

प्रतिक्रिया