काभ्रेको १३ ओटै पालिकामा ‘फोर जी’ सेवा संञ्चालन गरिदै

admin

काभ्रे :  काभ्रेको १३ ओटै पालिकामा ‘फोर जी’ सेवा संञ्चालन गरिने भएको छ । ‘फोर जी’ सेवा सञ्चालन गर्नका लागी जिल्लाको १३ ओटा पालिकामा ८१ वटा टेलिकमका फोर जी टावर निर्माण कार्य भईरहेको छ ।

अधिकांश टावरहरु निर्माण भईरहेका छन् भने केहि टावरहरु निर्माण कार्य सम्पन्न भएर संञ्चालनमा आईसकेका छन् । निर्माण शुरु भएका र सम्पन्न भईसकेका फोरजी टावरहरु मध्ये बनेपा नगरपालिकामा १३ ओटा, धुलिखेल नगरपालिकामा ११ ओटा, मण्डनदेउपुर नगरपालिकामा ६ ओटा,नमोबुद्ध नगरपालिकामा ६ ओटा, पनौती नगरपालिकामा ओटा ११, पाँचखाल नगरपालिकामा ७ ओटा रहेका छन् ।

यस्तै भुम्लु गाउँपालिकामा ५ ओटा, बेथान्चोक गाउँपालिकामा ३ ओटा, चौरीदेउरालीमा ३ ओटा,खानीखोलामा ३ ओटा, महाभारतमा ४ ओटा, रोशी गाउँपालिकामा ५ ओटा र तेमाल गाउँपालिकामा ४ ओटा छन् । गाउँगाउँमा फोर सेवा सुरु भएसँगै सर्वसाधरणलाई इन्टरनेट चलाउन सहज भएको बताईएको छ ।

प्रतिक्रिया