काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ४ सय ६९ पुग्यो

admin

काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिने संक्रमितहरुमा बनेपा नगरपालिकाका १ जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाका २ जना पुरुष र भुम्लु गाउँपालिकाका ३ जना पुरुष रहेका छन् ।

यो संगै जिल्लामा संक्रमित हुनेको संख्या ४ सय ६९ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यसमा २ सय ८६ जना पुरुष र १८३ जना महिला रहेका छन् ।

जिल्लामा आज सम्म ३ सय १२ जना उपचार पछि निको भएर घर फर्किका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १सय५३ रहेको छ । यसैगरी अस्पताल आईसुलेसनमा रहनेको संख्या ९४ जना छन् भने ६७ जना होम आईसुलेसनमा रहेका छन् ।

प्रतिक्रिया