काभ्रेमा एकैदिन ६२ जनाले कोरोना जिते, ३१ जना थपिए

admin

धुलिखेल, ५ असोजः काभ्रेका ६२ कोरोना संक्रमितले एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६२ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना भाइरसलाई जित्नेको संख्या ८३५ पुगेको छ ।

जिल्लामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ महिला र ७ जना पुरुष छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला रहेका छन् । त्यसैगरी धुलिखेल नगरपालिकाका ५ महिला र २ पुरुष, बेथानचोक गाउँपालिका १ महिला, नमोबुद्धका १ पुरुष छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३४६ पुगेको छ । यसैबीच भक्तपुर घरभइ धुलिखेल अस्पतालमा उपचार गराइरहनु भएका एक पुरुषको मृ’त्यु भएको छ । ७१ बर्षीय पुरुषको मृ’त्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया