काभ्रेमा एक युवतीमा कोरोना पुष्टि

admin

काभ्रे, २७ असार : काभ्रेमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ बुडोल की २४ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

ती युवतीलाई असार १९ गते स्वाब संकलन गरिएको थियो । २२ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । हाल उनलाई बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्यस मध्ये १० जना उपचारपछि घर फर्किएका छन्

प्रतिक्रिया