काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढ्यो

admin

काभ्रे: काभ्रेमा पछिल्लो समय क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढेको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा आज १ सय १८ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

१०७ जना पुरुष र ११ जना महिला क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा क्वारेन्टाइन बेड संख्या ५ सय ९६ पुगेको छ । धुलिखेल अस्पतालमा आज पनि एक जनालाई ओइसोलसनमा राखेर उपचार भइरहेको छ ।

काभ्रे जिल्लामा हालसम्म १ हजार ८ सय ३१ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । जसमा ३८ जनामा पोजेटिभ देखिएको छ । जिल्लामा ४ सय ८ जनाको स्वाब संकलन गरी पीसीआर विधि मार्फत कोरोना भाइसरको परीक्षण गरिएको छ ।

प्रतिक्रिया