काभ्रेमा थपिए १८ जना कोरोना संक्रमित

admin

काभ्रे, ८ भदौः काभ्रेमा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेको अनुसार आज एकैदिन १८ जनामा कोरोना संक्रमण देखिएको छ ।


संक्रमित हुनेमा बनेपा नगरापलिका ९ पुरुष र १ महिना, धुलिखेल नगरपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बेथानचोक गाउँपालिकाका १ जना पुरुष, मण्दनदेउपुर नगरपालिकाका १ महिला र भुम्लु गाउँपालिकाका १ पुरुष र १ महिला संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा योसँगै संक्रमितको संख्या ५७० पुगेको छ । १९५ जना महिला र ३७५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १२६ जना अस्तापलको आइसोलेसनमा छन् । ६२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया