काभ्रेमा ४४ जना कोरोना संक्रमित थपिए

admin

काभ्रे, १४ कात्तिकः काभ्रेमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिनेमा बनेपा १५ जना पुरुष र १० जना महिला, धुलिखेल नगरपालिका ८ जना पुरुष र ३ महिला रहेका छन् । पनौतीका ३ जना पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका १ जना महिला, मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष, बेथानचोक गाउँपालिकाका १ जना पुरुष र भुम्लुगाउँपालिकाका १ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १६०६ पुगेको छ । आज ५ जना निको भएका छन् । हालसम्म ११०२ जना निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया