कार्यालयभित्रै जुवा खेल्दै गरेका नेपाल टेलिकमका कर्मचारी पक्राउ !

मनिषा थापा

काठमाडौँ : नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमा तास खेल्दै गरेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालय समयमै कार्यालयमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले कार्यालयमा छापा मारेको हो ।

प्रहरीले तास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको परिचय र उनीहरु कुन तहका कर्मचारी हुन् खुलेको छैन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामप्रति सामाजिक सञ्लालले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन् ।

मंगलबार पश्चिम नवलपरासीको परासीमा नेकपाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अब सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अब विस्तारै विकास र समृद्धिको नतिजा देखिदै जान्छ’ उनले भने ।मन्त्री पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउँदै सरकारले गरेका काम जनतासम्म र्पुयाउनुपर्ने दायित्व पार्टीको भएको पनि बताए।

प्रतिक्रिया