के तपाईलाई थाहा छ, आँशु किन बग्छ ?

admin

काठमाडौं, प्राय मानिसको आँखा रसाइरहन्छ । मानिसको मात्र होइन पशुपंक्षीको पनि आँखामा आँसु देखिन्छ । कस्तो अवस्थामा आँसु आउँछ भन्ने बारे तपाईले थाहा पाउनुपर्छ ।

कुनै बेला चित्त दुखेका बेला आउँने आँसु, खुसी भएका बेला पनि आउँछ ।  आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । आँखाछेउको तल-माथि दुवैतिर प्वाल हुन्छ ।

ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ । यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ ।

त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ । आँसुमा हुने पदार्थ जस्तै-नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ ।

जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ । विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ ।

प्रतिक्रिया