कैचीवाली भन्छिन, ‘श्रीमानको सबै आरोप झुट’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कैचीवालीको नामबाट परिचित दिभिसा शर्मामाथि उनका श्रीमान शम्भु बस्यालले आफ्नो पसिनाको खिल्ली उडाएको भन्दै मिडियासामु आफ्नो अभिव्यक्ति दिए लगत्तै कैचीवालीमाथि सबैले अनेक किसिमका नकारात्मक टिप्पणी गरिरहेका छन्।

धेरैले उनको चरित्रमाथि औला पनि उठाएका छन्। दर्शकहरुको नराम्रो टिप्पणी आएपछि उनी श्रीमानले लगाएको सबै आरोप झुट हुन् भन्दै मिडियामा आइन।

उनले ती आरोपको खण्डन गर्दै भनिन्, ”श्रीमानले आजसम्म छोरी र मेरो लागि कुनै खर्च पठाएको छैन। मेरो श्रीमान अर्को विवाह गर्ने तयारीमा रहेकाले डिभोर्स दे भन्दै मलाई धेरै यातना र धम्की दिदै आइरहेका छन्।”

यद्दपी कैचिवाली दिभिसा शर्माले भने यस अघि आफ्ना श्रीमानको बारे खुलाशा कुनै पनि अन्तर्वार्तामा गरेकी छैनन्। अहिले भने उनको श्रीमान एकाएक मिडियामा आएपछि उनी पनि छोरी सहित् मिडियामा आएकी हुन्।

श्रीमानले अहिलेसम्म राम्रो व्यवहार र परिवार प्रति कुनै जीम्मेवारी नदेखाएको कारण मिडियालाई श्रीमानको बारेमा आफुले नखुलाएको र कुनै मिडियाले पनि श्रीमानको बारेमा जान्न नचाहेको कारणले गर्दा मिडियामा श्रीमानको कुरा नआएको उनको भनाई छ। थप जानकारीका लागि हेर्नुहोस कैचीवाली सँग गरिएको कुराकानी….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू