कोपिला भ्याली समाज सेवा सुर्खेत गरिव दु:खिहरुको सारथि बन्दै

admin
  • खगेन्द्र मल्ल ठकुरी

कालिकोट, २८ असार : कोपिला भ्यालि सेवा समाजका सचिव गोगन बहादुर मल्लले कोभिड १९ प्रभावित नियन्त्रण मा गहन भुमिका निर्बाह गर्दै हाल मारवाडि सेवा समिति काठमाडौ संग समन्वय गरि कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका बाट मागभइ आयको झन्डै २० हजार जना नागरिकका लागि पुग्ने रोग प्रतिरोधात्मक क्षमता बृद्घि गर्ने होमियोप्याथिक औशधि उपलब्ध गराउनु भयको छ।

उक्त औशधि अनेरास्ववियू कालिकोट जिल्ला कमिटि सदस्य खगेन्द्र मल्लले खाडाचक्र नगरपालिका स्वास्थ्य इन्चार्ज रबिन्द्र सेजुवाल लाई हस्तान्तरण गर्नु भयको छ। उक्त हस्तान्तरण कार्यक्रम मा खाडाचक्रका युवा दिपक बिस्ट, युवा बिद्यार्थी समीर अधिकारी, कबिराज अधिकारी लगायतको उपस्थिति रहेको थियो हस्तान्तरण गरियको होमियोप्याथिक औशधि खाडाचक्र नगरपालिका का ११ वटै वडामा रहेका सम्पुर्ण नागरिक हरुलाइ पुग्नेगरि सहयोग आयको स्वास्थ्यकर्मि सेजुवाल ले बताउनु भयो ।

तेस्तै कोपिला भ्यालि सेवा समाज सुर्खेत ले हरेक बिपत्तिमा अलपत्र नागरिकको सारथि बन्दै गयको र यो होमियोप्याथिक औशधि बितरणका सन्दर्भमा मागभइ आयका कर्णाली प्रदेशका हरेक स्थानिय तहलाई मारवाडि सेवा समिति को सहकार्यमा उक्त पालिका का स्वास्थ्य शाखामा पुग्नेगरि पठाउने कोपिला भ्यालि सेवा समाजका सचिव गोगन बहादुर मल्ल (युनाईटेड) ले जानकारी दिनुभयो।

प्रतिक्रिया