कोरोनाको दर्शक बन्यो चिङगाड गाउँपालिका, ६ महिनादेखि स्वास्थ्यकेन्द्र डाक्टर बिहिन

खगेन्द्र हमाल

सुर्खेत : स्थानीय सरकारहरूले आ-आफ्नाे गाउँपालिकामा आइपुगेका हरेक आगन्तुकलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा ताेकिएकाे समय अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्ने अत्यावश्यक समय हो।

स्वास्थ्यचाैकीमा स्रोत साधन र जनशक्तिको ब्यवस्थापन , स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताकाे जीवनरक्षाकाे यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नुपर्ने समय हो।

भनिन्छ ईतिहासमा जित्नेहरुको नाम लेखिन्छ।चिनपछिको नाम हाम्रोहोस भन्ने चाहना हो भने जितको नजिक पुगिसकेका हामी आत्मघाती गोलतिर अग्रसर नबनौं। बलको तुजुकलाइ बिद्वताले डोर्याउँने प्रयास गरौ।सामाजिक चेतनालाइ उत्प्रेरणा दिनेकाममा जब हामी अग्रगामी भुमिका खेल्छौ तब मृत्युको मुखतिर मडारिएको हाम्रो समाजलाइ त्यो बाटोबाट फर्काउन सक्छौं।

कर्णाली प्रदेशको स्थानीयतह चिङ्गाड गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्र अवलचिङ्ग बिगत ६ महिनादेखि डाक्टर बिहिन अवस्थामा रहेकोे छ।२०६४ देखि प्राथमिक स्वास्थ केन्द्र अवलचिङ्गमा डाक्टर को दरबन्दी रहेको र त्यसबेला बुटवलका डा.पवन लम्साल त्यहाको पहिलो डाक्टर भएर आएका थिए।

डा.पवन लम्सालले प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्गमा एक वर्ष जति काम गरे र त्यसपछी लामो समयसम्म दरबन्दी रिक्त भयो र H A को भरमा स्वास्थ केन्द्र चल्यो।त्यसपछि नेपालगन्जका डा.मोहम्मद एनुदिन बागवान २०७३ फाल्गुन मा हाजिरी भए।डा.मोहम्मदले स्वास्थ्य केन्द्रमा एक वर्ष सेवा गर्दै गर्दा उनलाई चितवन सरुवा गरियो।

उनको सरुवा भएपछि नवलपरासीका डा. बिजय खनाल मेडिकल अधिकृत भएर आए र झन्डै २.५ बर्ष काम गरे ।त्यस समयमा अर्का डा. माधव बन्जाडे ले एक वर्ष काम गरेका थिए।त्यसपछि डाक्टर बिजय खनालले केही समय सेवा दिएर सरुवा भएपछि रिक्त रहेको दरबन्दीको कारणले गर्दा चिङ्गाडी जनताले अहिलेसम्म सेवा सुविधाबाट बन्चित हुनु परेको छ।

कर्मचारी समायोजनको नाममा राजनितीक पुर्वाग्रहको आधारमा स्थानीय स्तरमा अहोरात्र खटिएर काम गरेका स्वास्थ्य कर्मिलाइ अपाएक पर्ने ठाउँमा खटाएको र रिक्त रहेको उक्त दरबन्दी अहिलेसम्म खाली रहदा पनि यो बारेमा स्थानीय सरकार र सम्बन्धित निकायले चासो नदिएको नेकपा कर्णाली प्रदेशका युवा नेता लोकेन्द्र राना प्रशान्तले जानकारी दिनुभयो।कर्मचारी समायोजन गर्दा अवलचिङ्गमा स्थायी घर भएका कर्मचारीलाई मटेला र मटेला घर भएका कर्मचारीलाई रानिवास दरबन्दी बनाएर कर्मचारीहरुलाई दु:ख दिएको लोकेन्द्र राना प्रशान्तले जानकारी दिनुभयो।

यतिबेला प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्गमा ल्याब सेवा,एक्सरे सेवा,भिडियो एक्सरे सेवा समेत अवरुद्ध भएको छ।चिङ्गाड गाउँपालिका अन्तर्गतका पोस्टमार्टम लगायतका कतिपय महत्त्वपूर्ण केसहरु यहि नै हेर्ने भएकोले हाल डा.नहुदा बिरेन्द्रनगर मै सबै केसहरु ल्याउनु पर्ने बाध्यता भएको नेता रानाले बताउनु भयो।पटकपटक चिङ्गाड गाउँपालिका,शिर्ष राजनीतिक नेतृत्व र राज्यमन्त्री नवराज रावत ज्युलाई यो बारेमा ध्यानाकर्षण गराउदा पनि अहिलेसम्म पनि खाली रहेको दरबन्दीको बारेमा कुनै पनि पहल नभएको बताउनुभयो।

स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा राजनीतिक नेतृत्वहरुले चिङ्गाडी जनताको स्वास्थ्यसङ्ग खेलवाड गरेको समेत आरोप लगाउनुभयो।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी गाउँपालिका र वडामा कार्यन्वयन तथा रोकथाम समिति गठन गरेर अघि बढ्न सरकारले निर्देशन गर्दा पनि चिङ्गाड गाउपालिकाले यसको लागि कुनै ध्यान नदिएको नेता रानाले जानकारी दिनुभयो। चैत १२ गते देखि १८ गतेसम्म नेपाल सरकारको देशव्यापिरुपमा लकडाउन गर्ने निर्णय र निर्देशनलाई यस गाउपालिकाले कार्यन्वयन गर्न नसकेको र दसै तिहारमा झै ईण्डिया लगायतका विभिन्न ठाउँबाट मान्छेहरु गाउँ प्रबेस गरिरहदा पनि चिङ्गाड गाउँपालिका विकल्प खोज्नु भन्दा पनि कोरोनाको दर्शक बनेको बताउनु भयो।

चिङ्गाड गाउपालिकामा अहिलेसम्म कुनै पनि स्थानमा हेल्थ डेस्क राखिएको छैन ।पालिका,वडा स्तरका सरकारी ,गैर सरकारी सम्यन्त्र परिचालन गरि जनतालाइ सुरक्षित अवस्थामा राख्न तदारुकता देखाउनु पर्ने बेलामा पालिका सरकार मस्त निद्रामा रहेको रानाले जानकारी दिनुभयो।

प्रदेश सरकार र संघीय सरकारले पालिका र वडा स्तरमा सम्यन्त्र बनाउन निर्णय र निर्देशन गरेतापनि चिङ्गाड गाउपालिकाले समग्र गाउँपालिका स्तरका साविक वडाहरुमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न कुनै पनि किसमका सम्यन्त्रहरु बनाएर परिचालित नगरेको जानकारी दिनुभयो।सरकारी र गैरसरकारी क्षेत्रका कर्मचारी ,प्रहरी प्रशासन ,जनप्रतिनिधिहरु एकताबद्ध भएर परिचालित हुनुपर्नेमा गाउँपालिकाबाट यस्तो कुनैपनी पहल नभएको नेता रानाको भनाइ छ।

रातारात इन्डिया बाट आएका ब्यक्ति हरुको कुनै रेकर्ड पनि नराखिएको र होम क्वारेन्टाइन मा बस्न समेत निर्देशन नहुदा बिदेस बाट आएका ब्यक्ति हरु सार्बजनिक रूपमा हिडडुल गरिरहेका बताए ।औपचारिकतामा फेसबुक मा लेख्ने र सूचना प्रकासित गर्ने बाहेक चिङ्गाड गाउँपालिकाले कोरोना रोकथाम नियन्त्रण र सावधानी बारेमा कुनै पनि गतिविधि नगरेको बताउनुभयो।

प्रतिक्रिया