कोरोनाको पीडालाई समेटेर तयार पारिएको छोटो चलचित्र ‘परिस्थितिमा’ (सार्वजनिक)

अस्मिता बेल्बासे

काठमाडौं, २ असार : अहिले विश्वभरि फैलिएको कोरोना भाइरसको कारण भन्दा पनि आफ्ना साथी छर छिमेकीहरुको सहयोग नहुँदा यसै सन्दर्भलाई लिएर मान्छेमा कोरोना भन्दा पनि धेरै डरले पिरलेको कथा समेटिएको छोटो चलचित्र ‘परिस्थिति’ सार्वजनिक गरिएको छ ।

चलचित्रमा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आरसी रिमाल, बिनु गुरुङ र देवराज भण्डारीको अभिनय छ । चलचित्रमा एक पात्रले ‘साथीभाइ, आफन्त, इष्टमित्र सबै टाढा बनाइसक्यो यो कोरोनाले’ भन्ने संवाद निकै मर्मस्पर्शी छ ।

मित्र गुरुङको कथा, सम्पादन र निर्देशन रहेको चलचित्रमा विजय चौधरीको कला निर्देशन, रन्जित गुप्ता र देवेन्द्र मानन्धरको रचनात्मक सल्लाह, सागर श्रेष्ठको सहायक निर्देशन, साश्वत श्रेष्ठको पाश्र्व ध्वनि, राजकुमार श्रेष्ठको छायांकन, मनिष गौतमको लेखन तथा सबटाइटल, मनिष र मित्रकै पटकथा तथा संवाद छ ।

चलचित्रमा मनोज राजभण्डारी लाइन प्रोड्युसर छन् भने ज्ञान, धन र जिनियस गुरुङको निर्माण छ । यो भिडियो हेर्नुस् ।

प्रतिक्रिया