कोरोना भाइरस : एकैदिन इटालीमा ८१२ को ज्यान गयो, अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार

admin

काठमाडौं, १८ चैत : कोरोना भाइरस (कोभिड-१९) नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । 

यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ ।

इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको संख्या धेरै नै रहीआएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५४९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

मंगलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख ६४ हजार २५३ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको संख्या सात हजार ७१६ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८७ हजार ९५६ पुगेका छन् । यहाँ सोह्र हजार ७८० नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

संयुक्त राज्य अमेरिकामा तीन हजार १६७ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभर सात लाख ८५ हजार ८०७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३७ हजार ८२० नागरिकको ज्यान गएको छ । मंगलबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ६५ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०५ जनाको ज्यान गएको छ भने । त्यहाँ ८१ हजार ५१८ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा यस सङ्क्रमणका कारण २ हजार ७५७ जनाको ज्यान गएको छ । हाल ४१ हजार ४९५ जना सङ्क्रमित रहेका छन् । तेह्र हजार ९११ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ६४५ व्यक्तिको ज्यान गएको छ । हाल त्यहाँ ६६ हजार ८६५ जना सङक्रमित रहेका छन् । यहाँका तेह्र हजार ५०० उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण तीन हजार २४ जनाको ज्यान गएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४४ हजार ५५० सङ्क्रमित रहेका छन् । यहाँका सात हजार ९२७ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ४०८ व्यक्तिको ज्यान गएको छ । यहाँका २२ हजार १४१ सङ्क्रमित भएका छन् । यहाँका करिब १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३५९ व्यक्तिको ज्यान गएको छ । पन्ध्र हजार ९२२ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ८२३ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस सङ्क्रमणबाट ८६४ व्यक्तिको ज्यान गएको छ । एघार हजार ७५० सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण ५१३ व्यक्तिको ज्यान गएको छ । एघार हजार ८९९ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ५२७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६२ व्यक्तिको ज्यान गएको छ । नौ हजार ७८६ सङ्क्रमित भएका छन् । पाँच हजार ४०८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १६८ मृत्यु भएको छ । दश हजार ८२७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा १०८ ज्यान जानुको साथै नौ हजार ६१८ सङ्क्रमित भएका छन् । ब्राजिलमा यस सङ्क्रमणबाट १६५ ज्यान जानुको साथै चार हजार ६६१ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १४६ ज्यान जानुको साथै चार हजार २८ सङ्क्रमित भएका छन्

पोर्चुगलमा सङ्क्रमणबाट १४० ज्यान गएको छ । छ हजार ४०८ सङ्क्रमित भएका छन् । क्यानाडामा सङ्क्रमणबाट ९२ को ज्यान जानुको साथै सात हजार ४७४ सङ्क्रमित भएका छन् । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको ज्यान जानुको साथै २ हजार ३९५ सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५६ ज्यान गएको छ । एक हजार ९५३ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा ३२ को ज्यान गएको छ । एक हजार २५१ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा २१ ज्यान गएको छ । एक हजार ७१७ सङ्क्रमित भएका छन् ।

यस प्रकोपबाट रोमानियामा ६५ हुनुको साथै दुई हजार १०९ सङ्क्रमित भएका छन् । , आयरल्याण्डमा ५४ व्यक्तिको हुनुको साथै दुई हजार ९१० कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट मलेसियामा ३७, नर्वेमा ३२, पेरुमा २४, अष्ट्रेलियामा १९, पोल्याण्डमा २२, इजरायलमा १६ थाइल्याण्डमा ९, रुसमा ९, चिलीमा ८, सिङ्गापुरमा ३, लगायतको ज्यान गएको छ ।

प्रतिक्रिया