कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

admin

एजेन्सी, ५ माघ : कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ । चीनले कोरोनाको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको व्यवस्थाका कारण अर्थव्यवस्थामा सकारात्मक प्रभाव परेको बीबीसीले जनाएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ । गएको वर्षको अन्तिम त्रैमासिकमा चीनको जीडीपी ६ दशमलव ५ प्रतिशतले बढेको थियो भने तेस्रो त्रैमासिकमा ४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

कोरोनाको जोखिम अहिले पनि उत्तिकै रहेकाले केही कलकारखाना तथा विकास निर्माणका काम ढिलो गतिमा भइरहेको बताइएको छ । कोरोनाको महामारीका कारण विश्वका धेरै देशको अर्थतन्त्र खस्किएको अवस्थामा भाइरसको उद्गमस्थल मानिँदै आएको चीनको अर्थतन्त्र भने सुधारतर्फ गएको हो ।

प्रतिक्रिया