कोरोना संक्रमण बढेपछि बेलायतमा लकडाउन लम्बियो

admin

काठमाडौं, १ असार : कोरोना भाइरसको संक्रमण बढेपछि बेलायतमा लकडाउन लम्बिएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको हो । आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको बीबीसीले जनाएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट संक्रमित हुनेको संख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताएका छन् । उनले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गरेका छन् ।

यस्तै, उनले ४० वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको दोश्रो डोजको खोप उपलब्ध गराइने पनि बताएका छन् । बेलायतमा अहिलेसम्म ४५ लाख ७३ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया