कोरोना संक्रमितको संख्या थपिदैंगएपछि अमेरिकामा फेरि लकडाउन

admin

काठमाडौं, १४ असार : पछिल्लो समय अमेरिकामा झन झन कोरोना संक्रमित थपिदैं गएपछि पुनः केही राज्यहरुमा लकडाउन जारी गरिएको छ ।

पछिल्ला केही दिनमा निकै धेरैको संख्यामा कोरोना संक्रमितहरु फेला परेका थिए । अमेरिकाको फ्लोरिडा र टेक्सस राज्यमा अत्याधिक संंख्यामा संक्रमित भेटिएसँगै फेरि लकडाउन जारी गरिएको हो ।

गत शुक्रबार टेक्ससमा र हिजो शनिबार फ्लोरिडामा लकडाउन फेरि जारी गरिएको घोषणा भएको थियो । हिजो शनिबार फ्लोरिडामा मात्रै नौ हजारको संख्यामा कोरोना संक्रमित फेला परेका थिए ।

संसारभरका १ सय ८० देशमा फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित अमेरिका रहेको छ । अहिलेसम्म अमेरिकामा २५ लाखभन्दा बढिमा संक्रमणको पुष्टि भईसकेको छ भने १ लाख २५ हजारभन्दा धेरैले यसको कारण ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया