कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार नाघ्यो

admin

सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्यांक फेरि सच्याएको छ । श’व व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड काठमाडौं, फागुन १९ : संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांक सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

कोरोनाका कारण भएका मृ’त्युमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा समायोजन गर्दा ज्या’न गुमाउनेको तथ्यांक बढेको पौडेलले बताउनुभयो । आज दुई सय ३३ जनाको तथ्यांक थपिएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ परिभाषा अनुसार सरकारले मिल्दाजुल्दा लक्षण भएको र त्यो क्षेत्रमा अरु कसैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भएमा मृतकको परीक्षण नगरेको भए पनि कोरोनाका कारण ज्यान गएको तथ्यांकमा समेटेको प्रमुख पौडेलले बताउनुभयो ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिएकामध्ये काठमाण्डाै उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डाैमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् ।

अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया