क्याटरिना हारमोनियमको साथमा संगीतको रियाज गर्दै

मनिषा थापा

एजेन्सी, १६ कात्तिक  :  बलिउडकी सुन्दरी  कटरिना कैफको हालै एउटा तस्बिर सामुन्ने आएको छ । तस्वीरमा कैटरीना हारमोनियमको साथमा संगीतको रियाज गरिरहेको देखिएकी छिन् । तस्बिरले स्पष्टरुपमा कैटरीना कुनै फिल्ममा गायिकाको भूमिकामा देखा पर्ने संकेत गरेको छ ।

वास्तवमा उनको यो सबै तयारी त्यहीँ एउटा फिल्मको लागि हो जसलाई यस अघि अभिनेत्री प्रियंका चोपडाले विवाहको कारण देखाउँदै छोडेकी थिइन् । सलमान खानको फिल्म ‘भारत’ लाई प्रियंकाले छोडेपछि लिड रोलको स्थानका लागि कैटरिनालाई अफर गरिएको थियो जसलाई उनले सजिलै स्वीकार पनि गरिन् ।

यससँगै क्याटरिनाको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर रिलिज भैसकेको छ र ‘जिरो’ को पनि आज रिलिज हुने खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू