खेतको आली काटेको विषयमा ह’त्या!

admin

काठमाडौं, मंसिर १० : रौतहटमा ह’त्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। गरुडा नगरपालिका-७ भिमडावरका फतिङगा ठाकुरको बुधबार बिहान ह’त्या भएको हो। उनीमाथि बुधबार बिहान सवा १० बजे ५० वर्षीय ध्यानी ठाकुर, ४५ वर्षीय नागेन्द्र ठाकुर र ५२ वर्षीय ज्ञानी ठाकुरले चिरानको काठले टाउकोमा हा’नेका थिए।

काठको प्र’हारबाट गम्भीर घा’इते भएका फतिङगा ठाकुरको उपचारको लागि गरूडा सिटी अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीहरूबीच फतिङगा ठाकुरको छोरा रामसहाय ठाकुरले ध्यानी ठाकुर लोहारको खेतको आली काटेको विषयमा झगडा भएको थियो।

घ’टनापछि आरोपित तीनै जना फ’रार भएका थिए। ध्यानी ठाकुरलाई प्र’हरीले पछि भिमडावरस्थित परालको भुसभित्र लुकेको अवस्थामा प’क्राउ गरेको हो। अन्यको खोजी भइरहेको कार्यालयले जनाएको छ। शवको पोष्टमर्टमको लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ।

प्रतिक्रिया