खैरो हेराेइनकाे कारोबार गर्ने जालो प्र’हरीको फन्दामा

admin

काठमाडौं, माघ ७ : काठमाण्डाै उपत्यकाभित्र ला’गुऔ’षध, खैरो हेरोइनको कारोबार गर्ने जालो प्र’हरीको फन्दामा परेको छ । ला’गुऔषध नियन्त्रण ब्युराेले काठमाण्डाै उपत्यकाभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गर्ने जालोलाई प’क्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित नाै जना प’क्राउ परेका हुन् ।

उनीहरूकाे साथबाट ब्युरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो हेराेइन ब’रामद गरेको छ । यो परिमाण प्र’हरीले बरामद गरेको अहिलेसम्मकै धेरै हो । ब्युरोले उनीहरूको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔ’षध तौल गर्ने मेसिन पनि बरामद गरेको छ ।

यस्तै ६ लाख ७१ हजार पाँच सय रुपैयाँ नगद, ६ हजार एक सय अमेरिकन डलर र तीन थान सवारी साधनसमेत ब’रामद गरेको छ । ब्युरोका प्रमुख एसएसपी दीलिपकुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरूलाई प’क्राउ गरेको जानकारी दिँदै काठमाण्डाै उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जानकारी दिनुभयो ।

लागुऔ’षध नियन्त्रण ब्युराेले प’क्राउ परेका नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्युरोका अनुसार प’क्राउ परेका व्यक्तिहरूले लागुऔ’षध खैरो हिरोइन प्रति एक ग्राम तीन हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया