गढीमाईमा बलि चढाउन शुरु, अभियान्ताको बलि रोक्ने प्रयास सफल होला ?

मनिषा थापा

पिएनपिखबर : ५ वर्षमा एकपटक मात्रै लाग्ने गढीमाई मेला गत हप्ता देखि शुरु भएको छ। बाराको बरियापुरमा अबस्थित गढीमाई मन्दिरमा उक्त मेला लाग्ने गर्छ जसमा पशुबली दिईने प्रथा छ। भनिन्छ सो मन्दिरमा दर्शन गर्नाले मानिसको मनोकामना पुरा हुने गर्छ। आज मंगलबार देखि गढीमाई मेलामा बलि चढाउने प्रथा शुरु भएको छ ।

भक्तजनहरुले भाकल राखी गढ़िमाईलाई राँगा, बोका र परेवालाई बलि दिईने प्रचलन छ। गढीमेला लागे सँगै पशुबाली दिईने प्रथा गलत हो भन्दै विरोध गर्ने हरुपनि धेरै देखिन्छन तर आजसम्म यो प्रथा भने निरन्तर चल्दै आएको छ। यसपटक पनि शुरु भएको गढीमाई मेलामा हुँदै आएको पशुबली विरुद्ध आवाज धेरैले उठाएका छन्। थुप्रै अभियान्ताहरु बारा नै पुगेर विरोध गरिरहेका छन्। ती मध्य एक हो ‘हन्ड्रेस ग्रुप’। उनीहरुले पशु बचाउने जमर्कोको महाअभियानका साथ बारा पुगेका छन्।

यसै सन्दर्भमा एक अभियान्ताले भने, ‘भगवानको नाममा पशुबाली दिनु सरासर गलत हो। बलीको सट्टा फलफुल, नरिवल र मिठाई चढाउँन सकिन्छ। हामी जति सक्छौ त्यति पशु बचाउन आएका हौ। मानिसले बनाएको यो प्रथा अब मानिसले नै रोक्न पर्छ।’

पशु बलि दिनै पर्छ कतै न भने पनि भक्तजनले स्वइच्छाले बलि चढाउँने गरेको मन्दिरका पुजारी बताउछन। उनले भने, ‘हामीले पशुकै बलि दिनु कुनै भक्तजनलाई भनेका छैनौ। भक्तजन आफै भाकल गरी आफ्नै इच्छाले पशुलाई बलि दिन ल्याउने गर्छन।’ 

गढीमाई मन्दिर नेपालको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो। बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ। नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू