गाईजात्रा सातै प्रदेशमा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० साउन : गाईजात्रा विशेष कार्यक्रमलाई यो वर्षदेखि सातवटै प्रदेशमा गरिने भएको छ । ब्राण्डवर्थ प्रालिले आज पत्रकार सम्मेलन गरी गाईजात्राको अवसरमा प्रदेश–१ को विराटनगर, प्रदेश–२ कोे सिमरा, प्रदेश–३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

प्रदेश नं १ को विराटनगर, सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै कार्यक्रम काठमाडौँमा अन्त्य हुनेछ । ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले गाईजात्रा विशेष कार्यक्रममा नेपालका चर्चित कलाकारको सहभागिता रहने जानकारी दिनुभयो । मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, रवि डङ्गोल, शिवशङ्कर रिजाललगायत कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा सिङ्गो देशको पर्व भएकाले देशभर लैजाने प्रयास गरिएको बताउनुभयो ।

प्रतिक्रिया