गायक निमेष श्रेष्ठको आवाजमा ‘अचानकै’ गीत सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, ४ माघ : गायक निमेष श्रेष्ठको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘अचानकै’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक स्वयम् श्रेष्ठकै रहेको छ । सार्वजनिक गीतमा बृजेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।

भाइन भीमफेदीको अफिसियल यु ट्युब मार्फत सार्वजनिक भिडियोमा भाइन भीमफेदी, मिथुन लामा, बिसन दोङ्ग, अजय गोले, बिशाल लामा, रोमियो जंग थापा, सिम्रन लामा र रबिन मोक्तानले फिचर्ड गरेका छन् ।

मिथुन लामा र विशन दोङ्गले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई त्रिलोक लामाले छायाँकन तथा सम्पादन गरेका हुन् । सुर्य लामाले डिओपी र कलर संयोजन गरेका छन् ।

प्रतिक्रिया