गायक प्रमोद खरेलको आवाजमा“प्रेमको चिनो” (भिडियो सहित)

admin

काठमाडौं, ७ बैशाख : सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरिएको छ । डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ । जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ ।

दिपक गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “प्रेमको चिनो“ गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ । “प्रेमको चिनो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया