गायिका सुबास्ना बर्देवाको ‘सिकिम जाने रेल’ को भिडियो सार्वजनिक( भिडियो)

admin

काठमाडौं: गायिका सुबास्ना बर्देवाको नयाँ गीत ‘सिकिम जाने रेल’को भिडियो सार्वजनिक भएको छ। गीतमा सुबास्नालाई डी.जे. मेवाहाङले पुरुष स्वरमा साथ दिएका छन ।

संगीत पनि गायक मेवाहाङकै रहेको । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द जलन तामाङले तयार गरेका हुन्। उक्त गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् ।

भिडियोमा करिश्मा ढकाल, मानव थिङ्ग र आरुषी मगरको अभिनय रहेको छ। अदीप श्रेष्ठको निर्देशन र केलिन ठकुरीको कन्सेप्ट तथा कोरियोग्राफी रहेको भिडियोलाई महेश महराले खिचेका छन्। त्यस्तै सम्पादन नविन घर्ति मगरले गरेका हुन् । भिडियो “DJ Mewahang official” युट्युब च्यानल बाट हेर्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया