गुगल म्यापको कमजोरीले एक युवाको ज्यान गयो

admin

एजेन्सी, २९ मंसिर : सुन्दा अचम्म लाग्छ र विश्वास गर्न पनि गाह्रो हुन्छ । तर कतिपय घटना यथार्थ हुने गर्दछन् । यस्तै उउटा घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । कहिले काहिँ एउटा सानो गल्तीले तपाईंका लागि मृत्युको कारण बन्न सक्छ । यस्तै रुसको साइबेरियामा एक गल्तीको कारण १८ वर्षीय एक युवकको ज्यान गएको छ ।

जसअनुसार गुगल म्यापको एउटा सानो कमजोरीले दुई जना किशोर बाटो पकड्न पुग्छन् । जहाँ रातको समयमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्यो र चिसोले जमेर उनको मृत्यु भयो । उक्त सडकमा उनीहरु कयौं दिनसम्म फसिरहे ।

रिपोर्ट अनुसार सर्गे उस्तिनोभ र वाल्दिस्लाव इस्तिमिन साइबेरियाको पोर्ट अफ मेडागन गइरहेका थिए । तर गुगल म्यापको सहयोग लिँदै जाँदा उनीहरु गलत दिशामा गए । गलत बाटोमा हिँड्दा उनीहरु रोड अफ बोन्स पुगिसकेका थिए । जुन रातको समयमा निकै खतरनाक मानिन्छ ।

किन कि त्यहाँको तापक्रम रातको समयमा अचानक खस्किने गर्दछ । गुगल म्यापले शर्टकर्टको रुपमा यी दुवै युवालाई यस्तो बाटो देखाइदियो, जुन बन्द मात्र थिएन, सँगसँगै निकै जटिल समेत थियो । यो सडक पूर्ण रुपमा हिउँले ढाकिएको थियो र चिसो बढ्दैजाँदा कारको रेडियटरले समेत काम गर्न छोड्यो ।

यी दुवै युवालाई भीषण चिसोसँग कसरी जुध्ने भन्ने थाहै थिएन । जसले गर्दा ती दुई मध्ये १८ वर्षीय एक किशोरको जमेरै मृत्यु भयो भने अर्काको हात खुट्टा नराम्रोसँग जमेका छन् । त्यसलाई काट्नुपर्ने हुनसक्ने बताइएको छ । खबर अनुसार सर्गेको सम्पूर्ण शरीर ढुंगा जस्तै जमेको अवस्थामा पाइएको थियो । वाल्दिस्लाभ भने अहिले पनि जिउँदै छन् । तर उनको अवस्था पनि निकै गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया