गोंगबुमा फेला परेको श’व पहिचान नभएपछि प्रहरीद्वारा फोटो सार्वजनिक

अस्मिता बेल्बासे

काठमाडौं, २६ साउन : गोंगबुमा विभत्स ह’त्या भएको अवस्थामा फेला परेको एक श’वको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ । अ’पराध महाशाखा र काठमाडौं प्रहरीले मृ’तकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको हो ।

‘श’व सनाखत हुन सकेको छैन’ ह’त्या अनुसन्धान गरिरहेका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले भने, ‘कसैले चिनेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छौं ।’ आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा श’व र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।

टोखा नगरपालिका-१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा श’व र दुई सय मिटरको दुरीमा घुँडाभन्दा तलको गोडाको भाग फेला परेको थियो । श’व भेटिएको एक किलोमिटरको दुरीमा रहेका करिब १ हजार घरमा प्रहरीले सर्च अपरेशन चलाएको छ । वरपरका सिसिटिभी फुटेजबाट पनि ह’त्या गरेको स्थान र ह’त्यामा संलग्नहरुको क्लू प्रहरीले फेला पार्न सकेको छैन ।

‘प्रविधिको प्रयोग र ह्युम्यान इन्टेलिजेन्स दुवै विधिबाट अनुसन्धान गरिरहेका छौं’ महानगरीय अ’पराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘श’व पहिचान गर्न गाह्रो भयो, मृ’तकका आफन्त र नातागोतासम्म पुग्ने प्रयास गरिरहेका छौं ।’

प्रतिक्रिया