चर्चित गायिका चन्द्रकला कुँवर र प्रकाश रानाको लोकदोहोरी गीत “यादमा मन रुन्छ” [भिडियो सहित]

admin

काठमाडौँ, १८ कार्तिक : लोक गीत संगीतको विकासमा समर्पित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा चर्चित गायिका चन्द्रकला कंवर र प्रकाश रानाको लोकदोहोरी गीत “यादमा मन रुन्छ” भिडियो बजारमा आएको छ ।

प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । अनिल एन्टी आर माझीको शब्द तथा लय सिर्जनामा गीत सिर्जना गरिएको छ ।

विरानो मुलुकमा गएका श्रीमानको प्रतिक्षामा बसेकी मायालु श्रीमतीको पिरको भावनालाई गीतमा समेटिएको छ । यगराज कवरको छायाँकन, अनिल विष्ट प्युठानीको सम्पादन , रिदम तामाङको निर्देशन भिडियोमा रहेको छ । “यादमा मन रुन्छ” गीतमा मलेसियाका विभिन्न ठाउँमा छायाँकन गरिएको छ । साथै गीतको भाव अनुसार अनिला एनटी आर माझी र हिम्सीला लामाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया