चिर्पटले हानेर छोराले गरे बुबाको हत्या

राष्ट्रिय समाचार समिति

सुरुङ्गा, २४ साउन: झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया