जग्गा बैना रकम फिर्ता नगरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य पक्राउ

admin

काठमाडौं, ३० भदौ : युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल पक्राउ परेका छन् । ठगी गरेको आरोपमा कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिएका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका-९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिएर सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार बैना लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए ।

फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको अनुसन्धान गरिरहेको छ । सो ठगीमा संलग्न मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल फरार छन् ।

प्रतिक्रिया