जलेको अवस्थामा पुरुषको शव फेला

admin

झापा, माघ २१: झापाको चारपाने–२ मा एकजना पुरुषको जलेको अवस्थामा शव फेलापरेको छ । चारपानेचोकदेखि २०० मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको पहिचान हुनसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले ढुंगाले हानेर घाइते बनाइएका युवकलाई परालको कुन्युमा आगो लगाएर हत्या गरिएको हुनसक्ने बताए । स्थानीय एक व्यक्ति हराइरहेकाले मृतक तिनै व्यक्ति हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनी सटर भाडामा लिएर बस्दै आएका थिए । घटनास्थलमा सटरको चाबीसमेत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया