ज*वरजस्ती करणी मुद्दामा प*क्राउ परेका सांसद पाँच लाख धरौटीमा छुटे

खगेन्द्र हमाल

कैलाली: ज*वरजस्ती करणीको मुद्दामा प*क्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सांसद अक्कलबहादुर रावल पाँच लाख धरौटीमा छुटेका छन्। सोमबार जिल्ला अदालत कैलालीका एक नम्बर न्यायाधीश जयराज पनेरूको इजलासले सांसद रावललाई पाँचलाख धरौटीमा छुट्न आदेश दिएको थियो।

आदेश अनुसार उनी पाँच लाख बुझाएर छुटेको जिल्ला प्र*हरी कार्यालय, कैलालाका डिएसपी दक्ष बस्नेतले जानकारी दिए। सोमबार पाँच लाख धरौटी बुझाएर छुट्नुभयो,’ बस्नेतले भने।

ब*लात्कारको आरोप लागेको थाहा पाएपछि उनी आफै प्र*हरी कार्यालयमा उपस्थित भएका थिए।फागुन १४ गते एक महिलाले उनीविरूद्ध ज*बरजस्ती करणीको उजुरी दिएकी थिइन्

प्रतिक्रिया