‘जाःमन गुभाजु’ प्रदर्शन

admin

काठमाडौँ, ८ मङ्सिर : नेपाल भाषामा निर्माण गरिएको ‘जाःमन गुभाजु’ नामक चलचित्र आजदेखि सर्वसाधारणका लागि प्रदर्शन रिएको छ । सत्रौँ शताब्दीमा काठमाडौँका सिद्धहस्त जाःमन गुभाजुको जीवनीमा आधारित उक्त चलचित्रमा तत्कालीन समयमा काठमाडौँमा तन्त्र साधनाले पारेको प्रभाव तथा त्यसको अवस्थाकाबारे सन्देश दिन खोजिएको छ ।

जेस्सि पेन्नी इन्टरनेट र वाइड बुल्स प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको करीब दुई घण्टा समयावधिको उक्त चलचित्रमा गुवाजुले तान्त्रिक विद्यामार्फत समाजसेवामा पु¥याएको योगदान तथा काठमाडौँमा पानी नपरेर अनिकाल पर्दा तान्त्रिक विद्याको प्रयोगबाट गरिएको समाधान चलचित्रमा समावेश गरिएको छ ।

बागबजारस्थित सिनेम्याट्रिक्समा शुरु गरिएको चलचित्रको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जीवन र जगतलाई राम्रोसँग बुझेका आत्मज्ञानी गुवाजुको दैनिकी तथा सामाजिक पक्षलाई समेटिएको चलचित्रले तत्कालीन समयका भाषा, मानव सभ्यताका विकास क्रमलाई अध्ययन गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले काठमाडौँका प्राचीन साहित्य संस्कृति तथा सम्पदाका संरक्षणमा योगदान गर्ने स्रष्टाको खोजी गर्न संस्थालाई महानगरपालिकाले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गीले ऐतिहासिक चलचित्रले निर्माण भएकामा खुसी व्यक्त गर्दै गुवाजुकाबारे थप खोज अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कलाकार सन्तोष पन्तले नेपाल भाषामा बनेको सो चलचित्रलाई अन्य भाषामा पनि अनुवाद गरी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । करीब तीन वर्षको अवधिमा रु ५० लाखको लागतमा बनाइएको चलचित्रमा परम्रागत बाजागाजासमेत समावेश गरिएको छ भने गुवाजुको भूमिकामा सुशील राजोपाध्याय र उहाँको श्रीमतीका रुपमा सरस्वती मानन्धर हुनुहुन्छ ।
-रासस

प्रतिक्रिया