जुम्ला गोठीगाउँ आगलागी : चार दिन लगाएर पुगेका अभियान्ताद्वारा सामग्री हस्तान्तरण

अस्मिता बेल्बासे

काठमाडौं, २३ माघ : जुम्लाको पोखरी गोठीगाउँ आगलागि भएको ठाउँमा सामाजिक अभियान्ताहरुले अत्यावश्यक सामाग्री पुर्‍याएका छन् । अघिल्लो साता तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागी हुँदा ५५ मध्ये ३० घर जलेर नष्ट भएका थिए ।

सरकार नपुगेको ठाउँमा सामाजिक अभियान्ता बब्लु गुप्ताको 100’s गुप्र नेपाल टिमले चार दिन लगाएर त्यहाँको समाजलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । उक्त टिमले अत्यावश्यक सामान लुगा, खाद्यान्न, सिरक, ढस्नाहरु हस्तान्तरण गरेको हो । अभियान्ता गुप्ताले सामाजिक सञ्जालमा तस्बिरहरु सेयर गर्दै भनेका छन्, ‘धेरै दुख्न कठिनाईका साथ चार दिनपछी जुम्ला पुगियो हामी ।’

उनले प्रश्न पनि गरेका छन्, ‘राजनीतिज्ञले अर्को चुनावबारे सोच्छ र राजनेताले अर्को पुस्ताबारे सोच्छ । चुनाव गराएर अर्बौ रुपैयाँ खर्च गर्ने सरकारले आउँदो पुस्ता, देशको विकास, शिक्षा, स्वास्थमा किन खर्च गर्दैन । यहाँ त खर्च आफ्नो खुर्सिको लागि मात्र भयो त ?’

सदरमुकामबाट गाडीमा ४५ मिनेटमा गाउँपालिका केन्द्र पुगिने र त्यहाँबाट तीन घन्टा हिँडेर आगलागी भएको गाउँसम्म पुग्न सकिन्छ । आगलागीको कारण भने हालसम्म खुलेको छैन ।

प्रतिक्रिया