जुवाविरुद्ध आक्रामक काभ्रे प्रहरी, एकैरात १४ जना पक्राउ

राष्ट्रिय समाचार समिति

काभ्रे, ९ साउन : जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपाका दुई ठाउँमा जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । गएराती बनेपा ८ पुरानो खसिबजारमा रहेको चतुरमान तामाङको डेराबाट सात जनालाई पक्राउ गरिएको हो । तेमाल ५ घर भई हाल बनेपामा बस्दै आएका तामाङको कोठामा जुवातास खेलाइएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

सोही क्रममा १० बुक तास, १ लाख २३ हजार ३ सय ६५ रुपैया्रँ नगदसहित सातजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बेथानचोक ५ का ्र्र३ण् बर्षका अमृत लामा, रोशी ३ का ४० बर्षका वुद्ध लामा, डेरावाल चतुरमान तामाङ। तेमाल ५ का ३१ बर्षका भीमवहादुर लामा, महाभारत ६ का ३० बर्षका सुजन लामा, रोशी ३ का ३५ बर्षका तीर्थ लामा र ४२ बर्षका मोहन लामा रहेका छन् ।

यस्तै गएराती नै प्रहरीले बनेपा ६ राममन्दिरमा रहेको दमाईंसिंह वाइवाको घरबाट ७ जनालाई पक्राउ गरेको छ । उक्त स्थानबाट १ लाख ४७ हजार ४५ रुपैयाँ बरामद भएको छ । पक्राउ पर्नेमा महाभारत २ घरभई बनेपा बस्ने दमाईसिंह वाइवासहित महाभारत २ कै २२ बर्षका आयुस भोलन तामाङ, ४४ बर्षका ज्ञानवहादुर स्थाङतान, ५० बर्षका पदम लामा, २४ बर्षका निमा वाइवा, महाभारत १ का ३७ बर्षका केदारवहादुर बम्जन तथा धुलिखेल ५ बस्ने २८ बर्षका अविनाश वाइवा रहेका छन् । उनीहरु सबैलाई प्रहरी निरिक्षक निरन्जन भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया