टंक बुडाथोकीसँग प्रिन्सको पहिलो गीत [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। टंक बुढाथोकी भने पछि हुरुक्कै हुने धेरै बाल प्रतिभाहरु छन्। तिनै बाल प्रतिभा मध्य एक स्याङ्जा वयरघारीका प्रिन्स लम्साल पनि हुन्। कुनै महोत्सभ होस् अथवा कुनै स्टेज पर्फर्मेन्स गर्दा होस् प्रिन्स धेरै जसो टंकको गीत नै गाउने गर्छन्।  

स्यांजा देखि अहिले उनी गीत रेकर्ड गर्नको लागि काठमाडौँ आएका छन्। यो रेकर्ड गरिएको गित उनको पहिलो गीत हो। पहिलो गीत रेकर्ड गरेर खुसि देखिएका प्रिन्स भन्छन् ,’मैले अरु गीत गाएर पनि युट्युबमा राखेको  छु कृपया हेरेर प्रतिक्रिया दिनुहोला।’

यो भन्दा अघि प्रिन्स बाटोमा नै गीत गाउने गर्दथे। उनको प्रतिभा देखेर टेक राजले उनलाई गीत रेकर्ड गर्न सहयोग गरेका हुन्। आर्थिक रुपमा बसन्ति दिदीले सहयोग गरेको भन्दै अन्तर्वार्तामा प्रिन्सले धन्यवाद दिएका छन्। 

प्रिन्स बाल ज्योति सेकेण्डरी हाइयर स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्। पढ्ने उमेर भएता पनि उनको स्वर मिठो भएकोले उनको आमाको चाहाना पनि गीत रेकर्ड गराइदिनु नै थियो। त्यसैले प्रिन्स आमा सहित काठमाडौँ आएका हुन्। 

हेर्नुहोस् भिडियो अन्तर्वार्ता :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू